चन्दननाथ मन्दिरका मूर्ति जंगलमा फेला

179

जुम्ला, पुस १९-
जुम्लाको चन्दननाथ मन्दिरमा चोरी भएका मूर्ति फेला परेको छ । गत गत मंसिर ११ गते राति मुर्ति चोरी भएका थिए । प्रहरीले मंगलबार विहान जंगलमा अलपत्र अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले नेतृत्वको टोलीले गज्र्यांकोट गाविसको जंगलमा यत्रतत्र छरिएको अवस्थामा मूर्ति भेटाएको मध्यपश्मिम क्षेत्रीय प्रहरी प्रुमख डिआइजी माधव नेपालले जानकारी दिएका छन् । दत्तात्रय भगवानको बाहेक सबै मूर्ति फेला परेको उनले बताए । मूर्ति फेला परेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट थप प्रहरी टोलीलाई त्यहाँ खटाइएको छ ।

मुर्ति फेला परेपछि भेला भएका स्थानीय ।
मुर्ति फेला परेपछि भेला भएका स्थानीय ।
Womui
Womui