बरामद गरेको पाँच दिनपछि प्रहरीले बल्ल काठ बुझायो

175

arniko-suppliers-copy

नेपालगन्ज, पुस १७-
बाँकेको उढरापुरस्थित सिमलघारीबाट प्रहरीले बरामद गरेको काठ अन्ततः आईतबार वन कार्यालयलाई बुझाएको छ । स्थानीय बासिन्दाको सुराकीको आधारमा प्रहरीले मंगलबार बिहान डल्लप सहित काठ बरामद गरेको थियो । प्रहरीले आईतबार आफ्नै सवारी साधनबाट वन कार्यालयमा पु¥याई विभिन्न साईजको ४० क्वीफिट चिरान काठ बुझाएको हो ।

प्रहरीले पाँचदिन अघि बरामद गरेको काठ आईतबार जिल्ला वन कार्यालय परिसरमा राख्दै ।
प्रहरीले पाँचदिन अघि बरामद गरेको काठ आईतबार जिल्ला वन कार्यालय परिसरमा राख्दै ।

काठ सहित उढरापुर–६ का साहदत अलि जोलाहालाई पनि प्रहरीले वन कार्यालयमा बुझाएको छ । यसअघि काठ सहित पक्राउ परेका तस्करलाई प्रहरीले राजनीतिक दवावमा छाडेको तथ्य बाहिर आएको थियो । नेकपा एमाले बाँकेका सचिव रत्न खत्री सहित खजुराका स्थानीय माओबादी नेता भिम राना लगायतले काठ तस्करको संरक्षण गरी प्रहरी प्रमुख एसपी टेकप्रसाद राईलाई छाड्न लगाएका थिए । काठ तस्करलाई व्यवहारिक रुपले छाडिएको सचिव खत्री, राना र एसपी राईले यसअघि नै स्वीकार गरिसकेका छन् ।

kath-pic-3

काठ प्रकरणले बाँके प्रहरी र जिल्ला वन कार्यालयबीचको दुरि बढ्दै गएका बेला घटनाको पाँच दिनपछि प्रहरीले अचानक काठ बुझाउँदा वनकर्मचारी आश्चर्यमा परेका छन् । ‘प्रहरीको पोल्टामा परिसकेको काठ ढिलै भएपनि वन कार्यालयले पायो,’ कार्यालय परिसरमा एक वन अधिकृतले भने ‘सायद यो कुरा पत्रपत्रिकामा नआएको भए यो काठ हामी कहाँ आउने थिएन होला ।’ वन कार्यालय काठ प्रकरणको अनुसन्धानका लागी सहायक वन अधिकृत नारायण पार्धेलाई खटाएको छ । उनले आइतबार देखि नै अनुसन्धान सुरु गरिएको बताएका छन् । प्रहरीले बुझाएको अभियुक्त जोलाहालाई अदालतमा पेश गरेर आईतबार नै पाँच दिनको म्याद थप गरिएको सहायक वन अधिकृत पार्धेले जानकारी दिएका छन् ।

kath-pic-2

Womui
Womui