पर्यटन पत्रकार संघ बाँकेको अध्यक्षमा अमृता

173

arniko-suppliers-copy

नेपालगन्ज, पुस १७-
नेपाल पर्यटन पत्रकार संघ, बाँकेको अध्यक्षमा अमृता केसी चयन भएकी छन् । बाँकेमा क्रियाशिल पत्रकारहरुको एक भेलाले आइतबार ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । अध्यक्ष केसी राष्ट्रिय समाचार समिति, न्यूज २४ टेलिभिजन र स्थानीय भिजन टिभीमा कार्यरत छिन् । उनी नेपाल पत्रकार महासंघ बाँके महिला विभाग प्रमुख पनि हुन् ।

नवगठित अध्यक्ष अमृता केसी, उपाध्यक्ष कृष्ण ओली र सचिव मधु पौडेल ।
नवगठित अध्यक्ष अमृता केसी, उपाध्यक्ष कृष्ण ओली र सचिव मधु पौडेल ।

संघको उपाध्यक्षमा एबीसी टेलिभिजनका क्षेत्रिय कार्यालयका संवाददाता कृष्ण ओली, सचिवमा अभियान न्यूजका सम्पादक मधु पौडेल र कोषाध्यक्षमा मार्गरेखा दैनिकका निर्मल आर्चाय रहेका छन् । यस्तै सदस्यहरुमा पत्रकार बिमला चौधरी, मिसन टुडे दैनिकका केशव राना र नेपालगन्ज एफएमकी रुवी साई चयन भए । भेलाले नेपालगन्ज उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ नेपालगन्ज र पत्रकार महासंघ बाँकेलाई संस्थागत सल्लाहकारका रुपमा चयन गरेको छ ।

300x250-px-rapti-bheri-hotel

नवगठित संघका अध्यक्ष केसीले बाँके जिल्लाको पर्यटन प्रवद्र्धनका लागी सञ्चार पैरवी गर्ने बताईन् । ‘बाँके जिल्लामा थुप्रै पर्यटकिय क्षेत्र भएपनि अहिले सम्म ओझेलमा परेका छन्,’ उनले भनिन् ‘ओझेलमा परेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्ने र यसका लागी सरोकारवालासँग समन्वय गरेर अगाडी बढ्ने हाम्रो उद्देश्य हो ।’ नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, होटल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष निमबहादुर थापा, बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।

Womui
Womui