प्रहरीको सक्रियताका कारण टर्यो ठूलो घटना, नेपालगन्जबाट खुँडा सहित २ पक्राउ

357

नेपालगन्ज, पुस १७-

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलिले खुँडा सहित २ युवालाई नेपालगन्जबाट पक्राउ परेको छ । अंग्रेजी नयाँ वर्ष २०१७ मनाउन निस्केका युवाको साथबाट प्रहरीले शनिबार राती खुँडा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक प्रसाद राईका अनुसार एउटा खुँडा सहित २ जनालाई पक्राउ गरिएको हो ।

unnamed-768x512

नेपालगन्जको सुर्खेतरोडमा रहेको न्यू वाइन डाइन कटेजबाट राती साढे ११ बजे खुँडासहित २ युवालाई नियन्त्रणमा लिएको हो । साँस्कृतिक कार्यक्रम चलिरहेको अवस्थामा विवाद भएपछि प्रहरीले चेकजाँच गर्ने क्रममा गुटु ४ सुर्खेतका द्रोर्ण थापाका साथबाट खुँडा बरामद गरेको हो । भने द्रोर्णसंगै रहेका नेपालगन्ज–५ का अर्जुन घर्तिमगर पनि प्रहरीले नियन्त्रण लिएको छ । प्रहरी प्रमुख राईले खुँडासहित युवाहरुलाई समयमै नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना घट्न नपाएको बताउनुभयो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगन्जका विभिन्न होटलहरुमा भइरहेको सास्कृतिक कार्यक्रमहरुमा कुनै अप्रिय घटना घट्न नदिदा ठुलो सख्ङ्यामा प्रहरी परिचालन गरिएको थियो । सादा पोशाकमा समेत ठूलो सख्ङ्यामा प्रहरी परिचालन गरिएको थियो । बाँकेका प्रमुख प्रहरी प्रमुख राई समेत मध्यरातीसम्म नै विभिन्न ठाउँहरुको अवस्थाको बारेमा बुझ्न घटिनुभएको थियो । मादक पदार्थ सेवन गरेर बबाल गर्न खोज्ने १५ जना युवाहरुलाई नेपालगन्जको विभिन्न ठाउँबाट प्रहरीले राती नै नियन्त्रणमा लिएको छ । साँस्कृतीक कार्यक्रम गर्नको लागि वाईन डाईन कटेजले स्थानीय प्रशासनबाट अनुमती नलिएको प्रशासनले जनाएको छ ।
पश्चिम न्यूजबाट साभार

Womui
Womui