संविधान कार्यन्वयनमा राष्ट्रिय एकता : प्रधानमन्त्री दाहाल

44

पोखरा, पुस १६-
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यन्वयनमा राष्ट्रिय एकता हुने विश्वास व्यक्त गरेका छन् । सबैंको सहयोगले संविधान कार्यन्वयन हुने उनले बताए । पोखरामा शनिबार सामूहिक ल्होछार कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता कायम भए मात्र संविधान कार्यन्वयन हुने धारणा राखे । उनले भने, ‘अहिले संविधान कार्यन्वयनको बेला छ।

PM Prachanda

मधेसले विभेद गरेको गुनासो गरेको छ । थारुलाई ठूला पार्टीले हेपे जस्तो भएको छ, यस्तै विभेद हटाएर तराई, पहाड र हिमालको समस्या मिलाउन सक्छु भनेर नै म प्रधामन्त्री बनेको हुँ ।’ दलबीच साच्चै एकता चाहने हो भने त्याग आवश्यक रहेको बताए । ‘संविधान घोषणापछि मलाई प्रधानमन्त्री बन्नुपर्यो भन्ने दवाव आएको हो । तर, म प्रधानमन्त्री बन्न चाहिन,’ दाहालले भने, ‘संविधान बनाउने काम सहज थिएन । एकता बिना संविधान सम्भव पनि थिएन। त्यही भएर अहिले पनि एकता आवश्यक छ ।’

Womui
Womui