‘सात प्रदेशको खाका ल्याउँदा ओलीले गाँजा खाएर सहिछाप गरेको हो ?’ : देउवा

108

arniko-suppliers-copy

बाग्लुङ, पुस १६-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमालेले सात प्रदेशको खाका ल्याउँदा ओलीले गाँजा खाएर सहिछाप गरेको हो ?, भनेर प्रश्न गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै देउवाले यस्तो प्रश्न गरेका हुन् ।

ser-bahadur-deuba

तत्कालीन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर ल्याएको प्रस्ताव नै अहिलेको सरकारले अगाडि बढाएकाले एमालेले राष्ट्रघातको आरोप लगाउन नसुहाउने देउवाको जिकिर थियो । ‘संविधान जारी गर्नु अगाडि काँग्रेस एमालेले ल्याएको सात प्रदेशको संयुक्त प्रस्ताव नै अहिलेको सरकारले संशोधन प्रस्तावमा ल्याएको हो,’ उनले भने, ‘त्यसमा ओलीले पनि हस्ताक्षर गरेका छन् ।’ हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो भन्दै देउवाले प्रश्न गरे, ‘के त्यतिबेला प्रस्तावमा सहिछाप लगाउँदा ओलीले गाँजा खाएका थिए ?’

तत्कालीन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर ल्याएको प्रस्ताव नै अहिलेको सरकारले अगाडि बढाएकाले एमालेले राष्ट्रघातको आरोप लगाउन सुहाँउदैन । उनले संविधान संशोधन प्रस्ताप पारित गराएरै छाड्ने दाबी गरे । ‘संविधान संशोधन प्रस्ताव टेबल हुन्छ,’ टेबल मात्र होइन हामी पारित गराएरै छाड्छौं,’ देउवाले भने । संसदीय प्रणाली स्वीकारेको एमालेले निरन्तर संसद अवरोध गर्नु गलत भएको देउवाको भनाइ थियो। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मधेसीलाई गाली गरेर आफूलाई राष्ट्रवादी नदेखाउन एमालेसँग आग्रह गरे ।

Womui
Womui