सातौं राष्ट्रिय खेलकुदमा मध्यपश्चिमलाई ८ स्वर्ण

43

नेपालगन्ज, पुस १२-
पुर्वाञ्चलमा जारी वृहत्त सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ को पाँचौ दिन सम्म मध्यपश्चिमाञ्चलले ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक हात पारेको छ । पुर्वाञ्चलमा खेलकुद सातौं विविधतामा रमाएर बाँचौ भन्ने मुल नाराका साथ पुस ८ गतेदेखी सञ्चालित प्रतियोगिता अन्र्तगत मोरङको बैजनाथपुर सुटिङ रेञ्जमा मंगलबार सम्पन्न सुटिङ एयर पेस्तोलमा मध्यपश्चिमकी कृष्णा थापाले स्वर्ण पदक हात पारिन् । तीन सय ६२ हान्दै उनले स्वर्ण पदक हात पार्न सफल भएकी हुन भने नेपाल प्रहरीकी सिमा तुलाधर ३ सय ५४ हान्दै दोस्रो र मध्यमाञ्चलकी संगिता कार्की ३ सय ५१ स्कोर गर्दै तेस्रो भइन् । त्यस्तै एयर पेस्तोल पुरुषतर्फ मध्यश्चिमका बदरुद्दिन अन्सारी रजत पदक हात पार्न सफल भए ।

सुटिङ एयर पेस्तोलमा स्वर्ण पदक हात पारेकी खेलाडी कृष्णा थापा ।
सुटिङ एयर पेस्तोलमा स्वर्ण पदक हात पारेकी खेलाडी कृष्णा थापा ।

त्यस्तै पुरुष एयर राइफलमा मध्यपश्चिम टिमतर्फ पवन घिमिरे, अर्नभ घिमिरे, संजोगकृष्ण श्रेष्ठको जोडीले स्वर्ण पदक हात पा¥यो । त्यस्तै महिला एयर राइफल टिमतर्फ मध्यपश्चिमका रुसी सोमै, सिता सिह र शान्ति विष्टको समूहले रजत पदक हात पारे । नेपाल प्रहरी प्रथम भयो भने नेपाली सेना तृर्तिय भयो । त्यस्तै मध्यपश्चिमलाई स्वर्ण पदक दिलाउने अन्य खेलाडीहरुमा जुडोका सोनु भट्ट, सफ्ट टेनिसका मेघा श्रेष्ठ, उसुका दिपक हमाल, भारोत्तोलनका प्रकाश केसी रहेका छन् । एथ्लेटिक्सको १ सय र २ सय मीटर दौडमा यमसाजन सुनारले २ वटा स्वर्ण पदक प्राप्त गरे ।

त्यसैगरी रजत पदक हात पार्न सफल खेलाडीमा एथ्लेटिक्स दुई सय मिटर दौडमा प्रमिला चौधरी, सफ्टेनिस मेन्स सिंगल तर्फ आशिष झाँ, उसुमा अरुण बस्नेत, एथ्लेटिक्स रिले एक सय गुणा चारमा प्रमिला चौधरी, रुपा चौधरी, जयरानी चौधरी र विष्णु आले र भारोत्तोलनमा सन्जु चौधरी रहेका छन् । महिला बास्केटबलमा पुर्वाञ्चललाई ६ का विरुद्ध ३४ अंकको फराकिलो अन्तरले पराजित गर्दै मध्यपश्चिमले कास्य पदक हात पा¥यो । त्यस्तै तेक्वान्दो तर्फ पारस शाह, संगिता चौधरी र प्रतिभा चौधरीले कास्य पदक हात पारे भने उसुमा गोमा आत्रे, तारा शाही र कर्ण चौधरीले कास्य पदक हात पार्न सफल भएका छन् ।

Womui
Womui