बजेटबारे फाउण्डेशनको ज्ञापनपत्र

35

नेपालगन्ज, पुस १३-
विभिन्न शिर्षकमा जिल्लामा विनियोजित विकास बजेट तोकिएको आर्थिक वर्षभित्र कार्यान्वयन गर्न मदन भण्डारी फाउण्डेशन बाँकेले दवाव दिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई ज्ञापन पत्र बुझाउंदै फाउण्डेशनले बजेट फ्रिज हुन नदिन ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्र बुझाउदै फाउण्डेशन बाँकेका अध्यक्ष सुर्य ढकालले गाउँ, नगर, जिल्ला परिषद र केन्द्रवाट पारित भई विनियोजित रकम पारदर्शी रुपमा कार्यान्वयनमा लैजान माग गरे ।

जिल्लालाई समृद्ध बनाउने योजनामा प्रजिअको महत्वपूर्ण भुकिका हुने भन्दै फाउण्डेशनले अनुगमन र निर्देशन बढाउन आग्रह समेत गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ पन्थले जिल्लाको विकास निर्माणमा फाउण्डेशनले चासो राखेको भन्दै प्रशंसा गरे । प्रत्येक महिना जिल्लाका कार्यालय प्रमुखसँगको छलफलमा पनि यि कुरा उठ्ने गरेकोले यसवर्ष विकास बजेट समयमै कार्यान्वयन हुने बताए । सबैको सहयोग र अनुगमनमा मात्र काम समयमै पारदर्शी रुपले सम्पन्न हुने भन्दै सचेत रहन आग्रह गरे ।

Womui
Womui