बाँके निकुञ्जमा बाघ गणना सुरु

74

arniko-suppliers-copy

नेपालगन्ज, पुस १२-
मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले बाघ गणनाको काम औपचारिक रुपमा सुरु गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालय ओभरीमा मंगलबार एक कार्यक्रमका बीच गणनाका लागी क्यामेरा ट्रापिङ उद्घाटन गरिएको हो । विश्वमै दुर्लभ अवस्थामा रहेको पाटेबाघ र बाघको आहारा प्रजातीको गणना गर्ने उद्देश्यले क्यामेरा ट्रयापिङको काम थालनी गरिएको हो ।

tiger

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले क्यामेरा ट्रयापिङको उद्घाटन गरेका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा क्यामेरा ट्रयापिङको काम थालिएको बताइएको छ । बाघ गणनाका लागि निकुञ्ज र मध्यवर्ती वनमा एक सय २२ वटा ग्रिड बनाइएको छ । एक सय २२ वटा ग्रिडलाई दुई भागमा विभाजन गरी गणना सुरु भएको निकुञ्जले जनाएको छ । यसवर्ष ६१ जोडा स्वचालित क्यामरा राखी बाघ अनुगमन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उनले भने, ‘बाघ गणनका लागि चार टिमको व्यवस्था गरिएको छ ।’ एउटा टिममा ६ जनाको सहभागी छन् ।

300x250-px-rapti-bheri-hotel

बाघ गणनाका लागि हरेक ग्रिडमा एकै स्थानको दुईतिर दुई वटा क्यामेरा ट्रयापिङ गरिएको वार्डेन पुनले जानकारी दिए । बाघ गणनाका लागि क्यामरामा प्रयोग हुने ब्याट्री, खटिएका व्यक्तिहरुको खाना, खाजा खर्च, यातायात, स्टेशनरीमा २० लाख खर्च हुने निकुन्जले जनाएको छ । बाघको बासस्थान तथा बाघको उचित संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा अहिलेसम्म नौँ वटा पाटे बाघ रहेका छन् । बाँके राष्ट्रिय निकुञ्ज वि.सं. २०६७ साल वैशाख ३० गते नेपाल सरकारले कालापत्थरमा घोषणा गरी २०६७ साल आषाढ २८ गते स्थापना भएको थियो ।

Womui
Womui