सरकार निर्वाचनदेखि भाग्दै छः अध्यक्ष थापा

28

काठमाडौं, पुस १२-

kamalसरकार निर्वाचन गराउनबाट पछि भागेको अारोप राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लगाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिलम्ब स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको बताउँदैअध्यक्ष कमल थापाले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने गरी मिति घोषणा गर्न सरकारसँग माग गरेका हुन्। उनले स्थानीय, प्रदेश र संघको निर्वाचन एकैचोटी गर्न सम्भव नहुने धारणा पनि राखे।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७४ साल माघभित्र तीनै तहको निर्वाचन गर्न पनि स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने उल्लेख गरेका हुन्। यसैबीच कार्यक्रममा बोल्दै पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले मुलुकलाई हिन्दु राष्ट्र बनाएरै छाडने उदघोष गरे। उनले हिन्दु राष्ट्र कायम गर्न जनमत संग्रहमा जान सबै दल तयार हुनुपर्ने धारणाा राखेका थिए । हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्यसहित थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी एक महिना अघि एकीकरण भएको छ ।

Womui
Womui