महेन्द्र बहुमुखी क्याम्पसमा साहित्यकारको जमघट

93

नेपालगन्ज, पुस १२-
सहयात्रा साहित्यिक समुहले मंगलबार रचना वाचन अभियानको श्रृखला–३ सम्पन्न गरेको छ । नेपालगन्जका कलेजहरुमा गई बिद्यार्र्थीहरु सँगै रचना वाचन सुन्ने र सुनाउने अभियान अन्र्तगत बुधबार भएको कार्यक्रममा कविद्धय पुर्णसमिर महतारा र बीपी अस्तुको संयुक्त रचना वाचन गरिएको छ । स्थानीय महेन्द्र बहुुुमुखी क्याम्पसमा भएको कार्यक्रममा कविद्धयले आफ्ना उत्कृष्ठ एक दर्जन रचना वाचन गरे ।

sahite

सहयात्रा रचना वाचन अभियानले आयोजना गरेको तेस्रो रचना वाचन श्रृंखलामा कवि द्धयले आफ्ना रचना सुनाएका हुन् । नेपालगन्जमा रहेका कवि र क्याम्पसमा अध्ययनरत चार सय भन्दा बढी बिद्यार्थी माझ उक्त रचना वाचन गरिएको हो । महतारा र अस्तुसँगै क्याम्पसमा अध्ययनरत २० जना बिद्यार्थीले पनि आफ्ना रचना सुनाएका थिए । महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गणेश रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार खगेन्द्र गिरी कोपिला, जेबी अनुरागी, अमृत ढकाल निर्जन, धिरेन थापा अनुपम सहित दुई दर्जन साहित्यकार र क्याम्पसमा रहेका विभिन्न बिद्यार्थी संगठनका प्रतिनिधीको पनि सहभागिता रहेको थियो ।

सहयात्रा साहित्य समुहले अहिले नेपालगन्जका कलेजमा गई रचना वाचन कार्यक्रम आयोजना गर्ने र कलेजमा रहेका नयाँ स्रष्टालाई हौसला प्रदान गर्ने गरेको कार्यक्रमका संयोजक हरिप्रकाश भण्डारीले जानकारी दिए । सहयात्राले यसअघिका श्रृंखलामा कवि भिष्म उप्रेती र हरिप्रसाद तिमिल्सिनाको एकल कविता वाचन कार्यक्रम पनि गरेको थियो ।

Womui
Womui