भन्सार क्षेत्रमा माछा, मासु खुला विक्री गर्न नपाइने

37

arniko-suppliers-copy

नेपालगन्ज, पुस ६-
नेपालगन्ज भन्सार कार्यालय आसपासको क्षेत्रमा खुला रुपमा हुदै आएको माछा, मासु र सेतो अण्डा विक्रीमा रोक लगाइने भएको छ । पशु क्वारेनटाइन चेक पोष्टका प्रमुख रामसेवक त्रिपाठीको अध्यक्षतामा बुधबार सम्पन्न अवैध पैठारी नियन्त्रण कार्यदल बाँकेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले खुला रुपमा बिक्री गरिने माछा, मासु तथा अण्डाले मानव स्वास्थ्यमा पार्ने असरलाई दृष्टिगत गरि रोक लगाउने निर्णय गरेको हो ।

बैठकपछि सामुहिक फोटो खिचाउँदै कार्यदलका सदस्य ।
बैठकपछि सामुहिक फोटो खिचाउँदै कार्यदलका सदस्य ।

त्यसमा पनि भारतीय व्यापारीले क्वारेन्टाई चेकजाँच बिना नै माछा, मासु तथा सेतो अण्डा आयात गरि नेपाली भूमिमा विक्री गर्ने गरेको पाइएपछि कार्यदल कडाईका साथ प्रस्तुत हुने निष्कर्षमा पुगेको पशु क्वारेन्टाइन नेपालगन्जका प्रमुख डा. शंकर पाण्डेले जानकारी दिए । भारतीय कुखरा र अण्डा नेपाल ल्याएर विक्री गर्नमा नेपाल सरकारले प्रतिवन्ध लगाउँदै आएको छ । यस्तै माछा आयात गर्दा क्वारेन्टाइन अनिवार्य रुपमा गर्नुपर्ने कानुनी व्यवस्था छ । तरपनि सरकारी निकायको चरम बेवास्ताका कारण भन्सार क्षेत्रमा खुला रुपमा कुखुराको मासु, सेतो अण्डा तथा माछा विक्री भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

300x250-px-rapti-bheri-hotel

Womui
Womui