घटनाको आठ दिनपछि अधिकारकर्मी मटेहियाको अनुगमनमा

53

arniko-suppliers-copy

नेपालगन्ज, पुस ६-
बाँकेको मटेहियामा भएको घटनाको अधिकारकर्मी टोलीले स्थलगत अनुगमन गरेका छन् । गत मंसिर २७ गते स्थानीय बासिन्दाबीच भएको विवादका क्रममा झडप हुँदा २ जनाको मृत्यु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका निमित्त प्रमुख रमेश थापाको नेतृत्वमा बुधबार मानव अधिकारकर्मीको टोली पुगेर स्थलगत अनुगमन गरेको हो ।

matehiya-anugaman-1

टोलीले घटनास्थल, स्थानीय प्रत्यक्षदर्शी तथा प्रहरी प्रमुखलाई भेटेर घटनाका विषयमा जानकारी लिएको तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)का पश्चिम उपक्षेत्रीय प्रमुख आलम खानले बताए । अनुगमन टोलीमा आयोगका निमित्त क्षेत्रीय प्रमुख थापा सहित आयोगका अधिकृत टंक खनाल, थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख खान, एड्भोकेसी फोरमका अधिवक्ता बसन्त गौतम, हिमराइट्सका क्षेत्रीय प्रमुख प्रकाश उपाध्यय, सिविनका सिद्धराज पनेरु, इन्सेकका बिनोद पाण्डे सहभागी थिए ।

matehiya-anugaman-2

Womui
Womui