राष्ट्र बचाउन सबै नेपाली जाग्नुपर्ने पुर्वराजाको उद्घोष

30

काठमाडौंं, पुस ६-
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइ रहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव भेट्ने कार्य असैह्य भएको बताएका छन् । बुधबार साँझ एक विज्ञप्ती जारी गरी पूर्वराजा शाहले नेपालीबीच सामाजिक सद्भाव मेट्ने, तराई, पहाड र हिमालमाझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ती कार्य क्रान्तिकारी, परिवर्तनकारी वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्न प्रयोग रिएको उल्लेख गरेका छन् ।

gyanendra-shaha

उनले भनेका छन, ‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ । विज्ञप्तीमा भनिएको छ, ‘निषेधको राजनीति र प्रतिशोधनको मानसिकताबाट ग्रसित राष्ट्रिय आधारहरु किमार्थ बलिया हुन सक्दैनन, इतिहास कलंकित गर्दै निश्चित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापि प्रशंसित हुन सक्दैनन् । माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले गति लिन सक्दैन ।’

Womui
Womui