सद्भाव कायम गर्न मुस्लिम आयोगको आग्रह

36

नेपालगन्ज, पुस ६-
बाँकेको मटेहियामा भएको घटनाप्रति राष्ट्रिय मुस्लिम आयोगले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले एक विज्ञप्ती प्रकाशित गरी घटनाको भत्र्सना गर्नुको साथै दोषी उपर कडा कारवाही गर्न माग समेत गरेको छ । गत २७ गते स्थानीय बासिन्दाबीच भएको विवाद झडपमा परिणत भएको थियो ।

आयोगका सदस्य सचिव खालिद इकवाल इराकीले जारी गरेको विज्ञप्तीमा घटनामा ज्यान गुमाएकको प्रति गहिरो संवेदना व्यक्त गरिएको छ । साथै घाइतेको निःशुल्क उपचारका लागि आग्रह समेत गरिएको छ । बाँके जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न जिल्लावासीसँग आयोगले अनुरोध पनि गरेको छ ।

Womui
Womui