यौन दुर्बलता कम गर्न प्याज उपयोगी

236

हामीले खानामा नियमित प्रयोग गर्ने प्याजले हाम्रो खानाको स्वाद मीठो बनाउनु साथै स्वास्थ्यमा पनि सकारात्मक फाइदा गर्छ । प्याजले अरुची तथा अपच जस्ता समस्याको समाधान त गर्छ नै साथसाथै यसले अन्य शारीरिक तन्दुरुस्तीका काममा समेत राम्रो प्रभाव पार्छ । प्याजले अझ विशेषगरी शारीरिक सम्बन्धका दौरान हुने दुर्बलतालाई पनि कम गर्न मद्धत गर्छ । हामीले दिनहुँ प्रयोग गर्ने प्याजका केही स्वास्थ्यसम्बन्धी फाइदाजनक टिप्सहरु यहाँ प्रस्तुत गरिएका छन् ।

pyaj
१. सेतो प्याजको रस र अदुवाको रस मिसाएर मह या घ्यूको ५–५ ग्राम मिसाएर दिनहुँ करिब एक महिनासम्म बिहान प्रयोग गर्नाले यौन क्षमतामा बृद्धि हुन्छ ।
२. प्याजको रस र मह बराबर मात्रामा मिलाएर सर्वत बनाउने र १०–१५ ग्राम नियमित रुपमा सेवन गर्नाले पनि तपाईंको यौनशक्ति बढाउन सहयोग पुर्याउँछ ।
३. रातो प्याज ५० ग्राम लिने र त्यसलाई घ्यु ५० ग्राम र १ सय ५० ग्राम दूध मिसाएर तताउने र नियमित सेवन गर्नाले पनि तपाईको यौनशक्तिमा बृद्धि गर्छ । जाडो याममा यसको प्रयोग २ या ३ पटक गर्दा राम्रो हुन्छ भने गर्मी महिनामा सूर्योदयभन्दा अगाडि मात्र १ पटक लिनु राम्रो हुन्छ । ४. जो व्यक्तिलाई शिघ्र स्खलनको समस्या छ उसले ५० ग्राम मह र सोही परिमाणको प्याजको रस मिसाएर सेवन गर्नु फाइदाजनक हुन्छ । यसको प्रयोग जाडो याममा २–३ पटक गर्न सकिन्छ भने गर्मी याममा सूर्योदयभन्दा अगाडि एकपटक मात्र गर्नु उपयुक्त हुन्छ ।
५. प्याज पिसेर सख्खरसंग मिलाएर खाने गरे वीर्यको मात्रामा बृद्धि हुन्छ ।

Womui
Womui