सिद्धार्थ होटलका परिकारमा छुटको अफर

181

arniko-suppliers-copy

नेपालगन्ज, पुस ६-
सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रालिले आफ्ना होटल, रिसोट तथा रेष्टुरेन्टहरुमा वीन्टर अफर मार्फत आफ्ना परिकारमा विशेष छुट योजना ल्याएको छ । वीन्टर अफरमार्फत पुस पहिलो सातादेखि विभिन्न स्वादिष्ट परिकारमा २५ प्रतिशत सम्म छुट दिन सुरु गरेको हो । छुट दिइएको परिकारहरुमा चिकेन क्रिस्पी, फिस सिंगापुरे, झोल मःम चिकेन, झोल मःम भेज, तन्दुरी पिजा भेज, तन्दुरी पिजा चिकेन र भेज जालीदार कबाब रहेका छन् ।

Print
Print

त्यसैगरी सिद्धार्थ गु्रपले आफ्ना माइलेज कार्ड होल्डर ग्राहकका लागी वीन्टर अफ मार्फत पुस महिनाभर प्रत्येक दिन एक पटक मसरुम सुप निःशुल्क उपलब्ध गराउन सुरु गरेको गु्रपका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले बताए । सिद्धार्थ गु्रप अफ हस्पिटालिटी प्रालिका टिकापुर, कैलाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चुम्लिङटालर चितवन, काठमान्डौको सुन्धारा तीनकुने, पुरानो बानेश्बर र धोबीघाटमा गरी एक दर्जन बढी शाखा रहेका छन् । ती सबै शाखामा वीन्टरअफर मार्फत पुस महिनाभर अफर रहने छ । नयाँ ग्राहकका लागि सिद्धार्थ गु्रपले माइलेज कार्ड बनाउने

अभियान समेत सुरु गरेको छ ।

Womui
Womui