सार्वजनिक शौचालय प्रयोग विहीन

126

arniko-suppliers-copy

नेपालगन्ज, पुस ६-
बाँके, खजुरास्थित पेडारी नाला छेउमा निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगमा आउन सकेको छैन । शौचालय पायक पर्ने स्थानमा पनि नभएको र सञ्चालनको जिम्मेवारी लिएको निकायले तालाबन्दी गरिएपछि लामो समयदेखि शौचालय प्रयोग विहीन भएको हो । जिल्ला विकास समितिको लगानीमा ४ वर्ष अघि बनाइएको शौचालय नाला छेउमा छ ।

खजुरामा प्रयोग विहीन सार्वजनिक शौचालय ।
खजुरामा प्रयोग विहीन सार्वजनिक शौचालय ।

शौचालयमा जानै पनि अप्ठ्यारो छ स्थानीय दुर्गा खड्काले भने, ‘त्यसैमा तालाबन्दी गरिदिदा झन् समस्या छ ।’ सार्वजनिक शौचालय सञ्चालनको जिम्मा स्थानीयहाट बजार समितिलाई दिइएको छ । स्थानीयबासीका अनुसार उक्त शौचालय हाट बजार लागेको दिनमात्रै खुल्ने गरेको छ । शौचालयमा पानी, धारा सबैको व्यवस्था छ । बागेश्वरी गाबिसका सचिव उत्तमसिंह सोडीले शौचालयमा लगाइएको ताला बुधबार सम्ममा खुलाउने र प्रयोगमा ल्याउने बताए ।

Womui
Womui