थारु भाषाका पाँच साहित्यकारलाई सम्मान

164

arniko-suppliers

बर्दिया, पुस ६-
जंग्रार साहित्यिक बखेरीको पाँचौ बार्षिक उत्सवका अवसरमा पाँच जना साहित्यकार सम्मानित भएका छन् । यसैगरी सोही अवसरमा साहित्य र गतिविधीमा महत्वपूर्ण योगदान गरे बापत ४ जना स्रष्टा पनि पुरस्कृत भएका छन् । सम्मानित हुनेमा वरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या र रेडियोकर्मी सेभेन्द्र कुसुम्या रहेका छन् ।

sammaaan

यसैगरी कृष्णराज सर्बहारी २५ हजार रुपैयाँ, बालिका चौधरी, दर्पण कुसुम्या र गजलकार सेभेन्द्र कुसुम्या रु १० हजार नगद राशी सहित पुरुस्कृत भएको आयोजकले जनाएको छ । पुरस्कारको व्यवस्थापन थारु होम रिसोर्ट ठाकुरद्धाराकी सञ्चालिका बिनिता चौधरी र म्यानेजिङ डाइरेक्टर तथा समाजसेवी मोहनलाल चौधरीले गरेका थिए ।

300x250-px-rapti-bheri-hotel

Womui
Womui