छाडा चौपाया नियन्त्रण चुनौतीपुर्ण

286

नेपालगन्ज, पुस ६-
नेपालगन्ज उपमहानगर क्षेत्रमा बढेको छाडा पशु चौपाया नियन्त्रणको काम चुनौतीपुर्ण बनेको छ । चौपाया निन्यत्रण गर्न उपमहानगरपालिका र ट्राफिक प्रहरीलाई हम्य–हम्य परेको छ । नेपालगन्जमा क्षेत्रमा अनगिन्ती रुपमा रहेका छाडा चौपायाका कारण एकातिर शहरको सौन्दर्यता विगारेको छ, भने अर्कोतिर दिनहुँ सवारी दुर्घटना बढाएको छ । चौपाया नियन्त्रण गर्न ट्राफिक र नगरपालिका कर्मचारी निरन्तर रुपले लागेपनि अहिले सम्म रोकिएको छैन ।

नेपालगन्जमा छाडा छाडिएका पशु चौपाया । तस्बिर : खगेन्द्र दाहाल
नेपालगन्जमा छाडा छाडिएका पशु चौपाया । तस्बिर : खगेन्द्र दाहाल

उपमहानगर क्षेत्रमासाढें, गाई, गधाहा, खच्चड, भुस्याहा कुकुरको बिगबिगी छ । छाडा चौपाया नियन्त्रण गर्नमा चुनौती देखा परेपछि उपमहानगरपालिकाका कर्मचारी र ट्राफिक प्रहरी दिक्क भएका छन् । छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढेको र नगर क्षेत्रको सौन्दर्यता बिग्रेको भन्दै यसअघि पटक–पटक ट्राफिक र नगरपालिकाले संयुक्त रुपमा नियन्त्रणको काम थालेपनि असफल भएका छन् । आफ्ना चौपाया लैजान नेपालगन्ज उपमहानगरपालिकाले मालिकहरुलाई पटक–पटक सुचित गरेको थियो । सुचनालाई बेवास्ता गरेपछि केही चौपायालाई नगरपालिका कर्मचारी र ट्राफिक प्रहरीले फुलटेक्रास्थित कान्जी हाउसमा थुन्दै आएको छ । यति मात्र नभएर नेपालगन्जका छाडा चौपायालाई राजमार्गको जंगलमा लगेर छाडियो, तरपनि समस्या दिगो रुपले समाधान हुने सकेको छैन । जथाभावी चौपाया छाड्ने घरधनीलाई उपमहानगरपालिकाले कडा कानुनी कारबाही नगर्नु पनि समस्याको मुख्य कारण भएको स्थानीय बासिन्दा बताउँछन् । उपमहानगरपालिकाले बजारबाट नियन्त्रणमा लिएर कतिपय पशु चौपायालाई कान्जी हाउसमा राख्ने गर्छ, कान्जी हाउस पनि भरिभराउ भएमा उपमहानगरपालिकाले जंगल लगेर छाड्ने गरेको उपमहानगरपालिकाका निरिक्षण उपशाखा प्रमुख पवन कनोजिया बताउँछन् ।

जथाभावी छाड्ने प्रवृत्ति बढिरहेका बेला नेपालगन्जका अधिकारकर्मीले पशु चौपाया व्यवस्थापनको माग गरेका छन् । सडकमा जथाभावी छाडिएका घरपालुवा जनावरका कारण सडक दुर्घटना निम्त्याई धनजनको क्षति हुन सक्नेतर्फ बेलैमा सचेत रहन आग्रह गर्दै यसको उचित ब्यवस्था गर्न उनीहरुले सचेत गराएका छन् । कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) तर्फबाट अधिवक्ताद्धय सुनिता शर्मा र गणेशमान केसीका साथै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले संयुक्त रुपमा उपमहानगरपालिका कार्यालयललाई निवेदन दिई छाडा चौपायाको उचित ब्यवस्थापन गर्न यस्तो आग्रह गरेका हुन् ।

300x250-px-rapti-bheri-hotel

स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालय समेतलाई बोधार्थ दिएर निवेदन दर्ता गरिएको छ । उक्त निवेदनमा नेपालगन्ज उपमहानगरपालिका भित्र चौपाया गाई, घोडा, गधा, खच्चड, साढे, भुसिया कुकुर समेत जथाभावी छाडिएका कारण सार्वजनिक यातायात आवागमनमा अवरोध भइरहेको, पैदल यात्रुले हिडडुलमा हैरानी ब्यहोर्नु परेको उल्लेख गरिएको छ । निवेदन बुझिसकेपछि नेपालगज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरीराज ज्ञवालीले छाडागाई बस्तु चौपायाले पारेको प्रभाव बारे नगरपालिका सचेत रहेको र यसको ब्यवस्थापनको पहल भइरहेको बताए ।

Womui
Womui