आदिवासी जनजाति महासंघमा बराम निर्वाचित

36

चितवन, पुस ६-
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगत बराम निर्वाचित भएका छन् । महासंघको नवौं राष्ट्रिय महाधिवेशनले बरामको नेतृत्वमा नयाँ कार्यसमिति पदाधिकारी चयन गरेको हो । नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई ८ मतले पछि पार्दै विजयी भएका हुन् ।

janajati

५६ मतदाता रहेको महासंघमा बरामले ३१ र भुजेलले २३ मत पाएका थिए भने एक मत बदर र एकजना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ । यस्तै महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी भएका छन् । महासचिवमा विजयी ताजपुरियाले ३५ र उनका प्रतिद्वन्द्वी टासी ह्याल्मुले १५ मत प्राप्त गरे । यसैगरी, कोषाध्यक्षमा मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्द्वी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेका थिए । गत शनिबार सुरु भएको महाधिवेशन विवादका कारण बुधबार मात्र सम्पन्न भएको हो ।

300x250-px-rapti-bheri-hotel

एमाले विरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, संघिय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन बनेको थियो । यसअघि महाधिवेशनले प्रदेश अनुसारको विधान संशोधन गरेको छ । तेह्र सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । संशोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।

Womui
Womui