लोडसेडिङ हटाउन अवरोध गर्ने तीन सञ्चालक बर्खास्त

64

काठमाडौं, पुस ४-

लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने तीन जना सञ्चालकलाई सरकारले बर्खास्त गरेको छ । बर्खास्त हुनेमा विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने रहेका छन् । उनीहरुलाई ऊर्जा मन्त्रालयले हटाएको हो ।

कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकद्वय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले लोडसेडिङ अन्त्य गर्ने कार्यमा अवरोध गरेका थिए । मन्त्रालयद्वारा साेधिएको स्पष्टिकरणमा चित्तबुझ्दो नभएपछि उनीहरुलाई राष्ट्रहित विपरीत कार्य गरेको भन्दै मन्त्रालयले पदबाट बर्खास्त गरेको हो ।

यसैबीच सरकारले सोमबार नै नयाँ सदस्य नियुक्त गरेको छ । रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर-६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ ।

Womui
Womui