मंगलबार लुम्बिनी बन्द, देशभर १ देखि २ बजेसम्म चक्काजाम

31

बुटवल, पुस ४-

मंगलबार ५ गते लुम्बिनी अञ्चल बन्द हुनुका साथै देशभर १ देखि २ बजेसम्म चक्का जाम हुने भएको छ । रुपन्देही युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले उक्त आन्दोलनको घोषणा गरेको हो । मोटरसाइकलमा आएका दुई जनाले मोटरसाइकलमै अगाडितर्फ सवार तिवारीलाई गरेको  गोली प्रहारबाट तिवारीको मृत्यु भएको थियो । तिवारीको हत्या लगत्तै बसेको युवा संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । उक्त छानबिन समिति घटनाबारे बुझ्न मंगलबारनै बुटबल आउनेछन् । तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपेन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैबीच तिवारी हत्याको जिम्मेवारी देवदह २ खैरेनी घर भइ हाल मलेसियामा रहेको बताउने मनोज पुन भन्ने व्यक्तिले लिएका छन् ।  इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीका अनुसार उनलाई फोन गरेर आफूले हत्या गरेको पुनले बताएका हुन् । पुनले ठेक्कापट्टामा कुरा नमिलेकाले हत्या गरेको समेत बताएका छन्।

तिवारीसँगकै विवादका कारण आफू ५ महिनाअघि मलेसिया आएको र ठेक्कापट्टाको विषयमा तिवारीले दुःख दिँदै आफ्ना सहयोगीलाई पनि विभिन्न मुद्दामा फसाएकाले तिवारीको हत्या गरेको दाबी गरेको डिएसपी मरासिनीले बताए ।  डिएसपी मरासिनीसँ टेलिफोनमा पुनको कुरा भए अनुसार यसअघि पनि आफूले तिवारीलाई धम्क्याउन आफ्ना साथीहरु परिचालन गरेको उनले दाबी गरेका छन् । आफ्ना साथीहरु अजय र शालिग्राम चापागाईंलाई चन्दा असुली र लागू औषध कारोबारको मुद्दामा तिवारीले फसाएका कारण बदला लिएकोसमेत उनले बताए ।तिवारीमाथि ९ महिनाअघिदेखि आक्रमण गर्न खोजेको बताउँदै पुनले अहिले रुपन्देहीमा आन्दोलन भएकै बेलामा घटना हुनु संयोगमात्र भएको बताए।

Womui
Womui