एमालेको बन्द अराजक, पसल तोडफोड गर्दै हातपात

153

नेपालगन्ज, पुस २-
बन्दकर्ताले नेपालगन्नजमा शनिबार विभिन्न सवारी साधन र पसल तोडफोड गरेका छन् । शनिबार बिहान पुष्पलाल चोकमा बन्दकर्ताले भे ३ प ९२९५ नम्बरको मोटरसाइकलमा तोडफोड गरिदिए, भने सोही समुहले बसपार्क रोडमा रहेको दिपा फेन्सी पसलमा तोडफोड समेत गरेका छन् ।

एमाले कार्यकर्ताले तोडफोड गरेको फेन्सी पसल ।
एमाले कार्यकर्ताले तोडफोड गरेको फेन्सी पसल ।

तोडफोडमा साथै बन्दकर्ताले सञ्चालकमाथि हातपात गरेको बताइएको छ । यसअघि शुक्रबार पहिलो दिनपनि बन्दकर्ताले नेपालगन्जमा एउटा कार र एउटा सरकारी मोटरसाईकलमा तोडफोड गरिदिएका थिए । एमालेले गरेको बन्द अराजक बनेको छ । संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले बाँके लगायत विभिन्न जिल्ला बन्द आब्हान गरेको हो ।

Womui
Womui