कर्मचारी संगठनको अध्यक्षमा ओली पक्षका देवकोटा निर्वाचित

217

नेपालगन्ज, पुस १-
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन् । नेपालगन्जमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट वर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई हराउँदै देवकोटा विजयी भएका हुन् । विजयी देवकोटा एमाले अध्यक्ष केपी पक्षका हुन्, भने पराजित घिमिरे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् ।

mr-devkota

घिमिरेलाई २५ मतले पछि पार्दै देवकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ । देवकोटाले ३ सय ७१ तथा प्रत्यासी घिमिरेले ३ सय ४७ मत ल्याए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा लेखनाथ कोइराला निर्वाचित भएका छन् । उनले ४ सय १७ मत ल्याए, भने उनका निकटतम प्रतिद्वन्दी ईश्वरीप्रसाद ढकालले २ सय ९७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष देवकोटाले निजामती कर्मचारी क्षेत्रलाई अझै व्यवस्थापन गर्नमा आफुले ध्यान दिने प्रतिवद्धता जनाएका छन् । यस्तै महिला उपाध्यक्षमा मञ्जु कोइरालालाई हराउ“दै भवानी न्यौपाने दाहाल विजयी भएकी छन् ।

दाहालले ३ सय ६१ मत ल्याईन, भने कोइरालाले ३ सय ४६ मत प्राप्त गरिन् । त्यसैगरी ४ सय ६ मत ल्याएर रेवन्त गौतम संगठनको महासचिवमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी गंगाबहादुर सुनुवारले ३ सय ५ मत प्राप्त गरे । संगठनको उप–महासचिवमा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । न्यौपानेले ३ सय ८९ र श्रेष्ठले ३ सय ४४ मत ल्याएका छन् । उप–महासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेतले ३ सय १० र सीताराम घिमिरेले ३ सय ३७ ल्याई पराजित भएका छन् । संगठनको खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका बाँकेका कृष्ण थापा र हरिबहादुर खत्री पराजित भएका छन् । थापा निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन बाँकेका अध्यक्ष पनि हुन् ।

Womui
Womui