हलेसी जाँदै गरेको जीप सुनकोशीमा खस्दा ७ को मृत्यु

153

काठमाडौं, पुस ३-

काठमाडौंदेिख खोटाङ हलेसी जाँदै गरेको जीप सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ। बा१२च८८९७ नम्बरको स्कार्पियो जीप सिन्धुलीको रत्नावती-३, सुखुखोलानजिक मध्यपहाडी राजमार्गबाट सुनकोसी नदीमा खस्दा ७ को मृत्यु भएको हो भने घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङगकटट् ६ का ५० वर्षीय साङगदोर्जे शेर्पा, सोही स्थानका ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया बिवुती शेर्पा, ५० वर्षीया सर्किनी शेर्पा, गाडी चालक लमजुङ सानिभन्ज्याङ अन्दाजी ४० बर्षका झपटबहादुर गुरुङ काठमाडौं महानगरपालिका स्वायम्भु गोल्ढुङकी ६० वर्षीया टुकुली शेर्पा र सनाखत हुन नसकेका एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  ९ जना रहेको सवार गाडी दुर्घटना हुँदा  ७ जनाको घट्स्थलमै मृत्यु भएको थियो भने घाइते एकलाई उपचारार्थ काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच एकजना अझै हराइरहेका छन्।

Womui
Womui