तेह्रथुममा भीषण आगलागी, आधा दर्जन घर जले

223

तेह्रथुम, पुस १-
तेह्रथुम आठ राईको संक्रान्ति बजारमा भीषण आगलागी भएको छ । स्थानीय बासिन्दा अग्नी सेढाईको घरबाट सुरु भएको आगलागीबाट आधा दर्जन घर जलेका छन, भने १६ वटा घर सम्भावित जोखिममा रहेका स्थानीय छबि कन्दङवाले बताए । बिहान साढे ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण बाहिर रहेकोले अझै घरहरु जल्ने सम्भावना रहेको भन्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

तेह्रथुम बजार । फाइल तस्बिर
तेह्रथुम बजार । फाइल तस्बिर

बचाउन सकिने घरका सामानहरु सार्न र आगो निभाउन स्थानीय सक्रिय छन् । आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी लागिरहेका छन् । आगलागी नियन्त्रणका लागि छिमेकी जिल्ला फिदिमबाट दमकल पठाइसकेको प्रमुख जिल्ला अधिकारी मुनका न्योपानेले जानकारी दिईन् ।

Womui
Womui