दुई पक्षबीच झडपको घटनाप्रति गम्भिर ध्यानाकषर्ण

177

नेपालगन्ज, मंसिर २८-
बाँकेको मटेहिया गाविसमा भएको घटनाप्रति सर्वत्र निन्दा एवम् भत्र्सना गरिएको छ । नेपालगन्जका धर्मगुरु, मानव अधिकारकर्मी लगायतले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गरी गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरुले स्थितीलाई सामान्य बनाई सामाजिक सदभाव र सहिष्णुता कायम राख्न सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । घटनाको निष्पक्ष अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न, घटनामा घाइते भएका नागरिकको यथोचित उपचारको व्यवस्था मिलाउन र शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनसमक्ष अनुरोध गरेका छन् ।

press-realish

यसरी विज्ञप्ती प्रकाशित गर्नेमा अन्तर धार्मिक सामाजिक सदभाव मञ्चका क्षेत्रीय अध्यक्ष महन्त चन्द्रनाथ योगी, मञ्चका उपाध्यक्ष मौलाना अब्दुल जब्बार मञ्जरी, राष्ट्रिय मानवअधिकार आयोगका मुरारी खरेल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का भोला महत, पत्रकार महासंघका सचिव तिलक गाउँले, मानवअधिकार एलाइन्सका प्रभात ठकुरी, एडभोकेसी फोरमका बसन्त गौतम, एफ.डब्लु.एल.डीका सुनिल श्रेष्ठ, मानवअधिकार संगठनका लोकबहादुर शाह, हिमराइटसका प्रकाश उपाध्याय, आइएचआरसीका विश्वजीत तिवारी, नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रका रुबि खान, अभियान नेपालका कमला पन्त, थर्ड एलायन्सका आलम खान, हरप्लेसका टेकबहादुर राना लगायत रहेका छन् ।

Womui
Womui