बालुवाटारको शीर्ष छलफल ‘सकारात्मक’

26

काठमाडौं, मंसिर २८-
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफल सकारात्मक बन्दै गएको छ । संविधान संशोधन प्रस्ताव, स्थानीय निकायको निर्वाचन, महाअभियोगको विषय तथा, पुर्नसंरचना आयोगका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको स्रोतले जनाएको छ ।

baluwatar-meeting

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार बिहान बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सबै विषयमा प्याकेजमा सहमती खोज्ने विषयमा सकारात्मक छलफल भएको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै मुलुकलाई निर्वाचनतर्फ लैजान निर्वाचन सम्बन्धी कानुन संसदमा ल्याउन आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले असन्तुष्ट पक्षलाई पनि कहीँ न कहीं ठाउँ दिनुपर्ने भन्दै सबैको सहमतिमा निर्वाचनमा जानुपर्ने बताएका थिए । सरकारले मंसिर १४ गते संसदमा दर्ता गराएको संविधान संशोधनपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित प्रतिपक्ष दलहरुले निरन्तर संसद अबरुद्ध पार्दै आएका छन भने दलहरुबीचको दूरीसमेत बढेको छ ।

Womui
Womui