फोर्डले नेपालगन्ज भित्र्यायो एन्डेभर कार

64

नेपालगन्ज, मंसिर २७-
जी.ओ फोर्डले सन् २०१६ को फेब्रउरीमा ल्याएको नयाँ फोर्ड एन्डेभरको बुकिङ नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जस्थित फोर्सको आधिकारिक विक्रेता शुभलाभ इन्टरप्राईजेजले ती सुविधायुक्त गाडी विक्री सुरु गरेको हो । नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शुभलाभ इन्टरप्राईजेज नेपालगन्जका प्रतिनिधी निरन्जन राजभण्डारीले उक्त गाडीमा सुरक्षित सवारीको लागी ७ वटा एयर ब्याग जडान गरिएको जानकारी दिए ।

गाडीमा ड्राईभरको घुँडासको सुरक्षाको लागी पनि एयर ब्याग राखिएको पनि उनले बताए । कम्पनीले वितरण गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नयाँ प्रविधीले गाडी सवार उच्चतम रुपमा आरामदायी बनाउनका लागी यसको टे«न म्यानेजमेन्ट सिस्टमले जुनसुकै असजिलो ठाउँ, उपर खापड तथा पथरिला बाटोमा पनि सजिलै सँग हाँक्न सक्ने बनाइएको छ ।’ भारतीय बजारमा निकै लोकप्रिय नयाँ सव फोर्ड एन्डेभर गाडी नेपाली बजारमा पनि छोटो समयमा लोकप्रिय हुदै नेपालगन्जमा पनि विक्री थालिएको राजभण्डारीले बताए ।

शुभलाभले न्यूनतम २१ लाख ९९ हजार रुपैयाँदेखि अतिकतम ४८ लाख ९० हजार मुल्यका गाडी बिक्री गर्दै आएको थियो । अब भने १ करोड १२ लाख रुपैयाँदेखि १ करोड २९ लाख मुल्य पर्ने नयाँ मोडलका फोर्ड एन्डेभर गाडी नेपालगन्ज भित्र्याएको शुभलाभले जनाएको छ । ‘गाडीका चढ्ने सौखिन भएका व्यक्तिका लागी यो ठुलो अवसर हो,’ रानभण्डारीले भने ‘यि गाडीको पहिलो मापदण्ड सुरक्षा हो, अर्को कुरा गाडी बलियो छ ।’ नयाँ फोर्ड एन्डेभरमा विभिन्न ६ किसिमका रंगहरु प्रयोग गरिएको छ । कारमा अत्याधुनिक प्रविधी प्रयोग गरिएको, आर्कषक डिजाईन र क्षमता उत्कृष्ठ भएको बताइएको छ ।

Womui
Womui