फुटपात अतिक्रमण हटाउँदा ‘हस्तक्षेप’

159

नेपालगन्ज, मंसिर २६-
केहीदिन देखि नेपालगन्जमा सञ्चालित फुटपात नियन्त्रणको काममा ‘हस्तक्षेप’ भएको छ । फुटपात हटाएको निहुँमा आइतबार अपरान्ह विपी चोक क्षेत्रमा व्यापारीले काममा हस्तक्षेप गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको नेतृत्वमा पुगेका आक्रोशित व्यापारीले अभियानमा खटिएका उपमहानगरपालिका, सडक विभाग, ट्राफिक कार्यालय लगायत निकायबाट खटिएको टोलीलाई धम्कीपुर्ण अभिव्यक्ति दिदै हस्तक्षेप गरेको कर्मचारीले गुनासो गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका परिसरमा पुगेका आक्रोशित व्यापारी ।
नेपालगन्ज उपमहानगरपालिका परिसरमा पुगेका आक्रोशित व्यापारी ।

‘फुटपात हटाउन सहयोग गर्नुपर्नेमा उद्योग वाणिज्य संघका अध्यक्ष जस्तो सम्मानित व्यक्ति आएर सडकमा रमिता देखाए,’ एक प्रत्यक्षदर्शीले भने ‘उहाँ जस्तो व्यक्ति आएर त्यसरी बोल्नु हुदैनथ्यो, यसले उहाँको क्षणिक स्वार्थ पुर्ति त गर्ला, तर समग्र नेपालगन्जबासीको भावनामा चोट पु¥याएको छ ।’ फुटपात अतिक्रमण नियन्त्रण टोलीले आइतबार विपी चोक क्षेत्रको सडकभित्र राखिएका होडिङ बोर्ड, कुर्सी लगायत सामान जफत गरेपछि व्यापारीहरु आक्रोशित भएका थिए । आफैले सहमती गरेको अभियानमा संघका अध्यक्ष बैश्यले असहयोग गरेपछि काममा खटिने कर्मचारीहरु निराश भएका छन् ।

नेपालगन्जको विपी चोक क्षेत्रमा आइतबार फुटपात हटाउँदै ।
नेपालगन्जको विपी चोक क्षेत्रमा आइतबार फुटपात हटाउँदै ।

Womui
Womui