कर शक्तिबारे युवाको प्रदर्शन

115

नेपालगन्ज, मंसिर २६-
युवाहरुले आइतबार नेपालगन्जमा जनताले तिर्ने कर बमोजिमको सार्वजनिक सेवाका लागि सार्वजनिक प्रदर्शनी गरेका छन् । पश्चिम नेपालका सात वटा जिल्लाबाट नेपालगन्जमा भेला भएका उनीहरुले कर शक्ति भएको र प्रत्येक नागरिकले कर तिर्ने भएकाले सार्वजनिक सेवाहरु प्रभावकारी बनाउन राज्यको ध्यानाकर्षण गराउनका लागि प्लेकार्ड सहितको प्रदर्शनी गरेका हुन् ।

youth

कार्डसिटमा प्रभावकारी सेवाका लागि म कर तिर्छु, करदाता भएकाले शिक्षा, स्वास्थय, सुरक्षा जस्ता सेवाहरु पाउनुपर्ने नाराहरु लेखेर नेपालगन्जको विपिचोक, धम्बोझी चोक र सेतु बिक चोकमा युवाहरुले प्रदर्शन गरेका थिए । करिव दुई घण्टा गरिएको प्रदर्शनका क्रममा सेतु विक चोकमा गुणस्तरिय सार्वजनिक शिक्षाका लागि कर तिरौं भन्ने हस्ताक्षर समेत संकलन गरिएको थियो । जसमा दुई सय बढीले हस्ताक्षर गरी अभियानमा ऐक्यवद्धता जनाएको अभियानकी सदस्य बर्दियाकी युवा गिता चौधरीले जानकारी दिईन् ।

एक्सन एड नेपालले नोराडसँगको सहकार्यमा विश्वभर बढ्दो असमानता हटाउनका लागिकर शक्ति अभियान मार्फत युवाहरुलाई परिचालन गरी नेपालमापनि कर शक्ति अभियानको सुरुवात गरिएको हो । एक्सन एड नेपाल पश्चिमाञ्चल श्रोत केन्द्रका संयोजक सरोज पोखरेलले युवाहरुको नेतृत्वमा करबारे सचेतना र सार्वजनिकशिक्षाको गुणस्तरियताका लागि अभियानको सुरुवात गरिएको बताए ।

Womui
Womui