संशोधनको विरोधमा एमालेको प्रर्दशन

49

नेपालगन्ज, मंसिर २६-
संविधान कार्यान्वयनका लागि दबाब दिन भन्दै एमाले बाँकेले आइतबार प्रदर्शन गरेको छ । एमाले पार्टी कार्यालय पासाङल्हामु मार्गबाट सुरु भएको प्रर्दशन सुर्खेतरोड हुदै पुष्पलाल चोकमा पुगेर कोण सभामा परिणत भयो । कोण सभामा बोल्ने बक्ताले संविधान कार्यान्वयनमा गम्भीर हुनुपर्ने बेला संविधान संशोधन प्रस्ताव ल्याएर सरकारले गम्भिर गल्ती गरेको आरोप लगाए ।

नेपालगन्जमा आइतबार एमालेले गरेको प्रर्दशन ।
नेपालगन्जमा आइतबार एमालेले गरेको प्रर्दशन ।

कोणसभालाई सम्वोधन गर्दै पुर्वमन्त्री एवम् क्षेत्र नम्वर २ का सांसद दिनेशचन्द्र यादवले मुलुक टुक्राउने खेल भईरहेको भन्दै त्यसलाई सफल हुन नदिने जिकिर गरे । हिमाल, पहाड र तराईलाई अलग बनाएर मुलुक नबन्ने भन्दै उनले तत्काल संशोधन प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए ।

यस्तै क्षेत्र नम्बर ४ का सांसद् दलबहादुर सुनारले पाँच नम्वर प्रदेश टुक्र्याउने ताकत सरकारसँग नभएको बताए । संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए । कोण सभालाई एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, सचिव रत्न खत्री लगायतले सम्वोधन गरेका थिए । एमालेले संविधान संशोधनको प्रस्ताव जनताको हितमा नभएको भन्दै आन्दोलन गर्दै आएको छ ।

Womui
Womui