बृद्धबृद्धा र बालबालिकालाई कम्बल वितरण

36

नेपालगन्ज, मंसिर २५-
रेडक्रस बाँकेले शनिबार नेपालगन्ज उपमहानगरपालिका भित्रका शीतलहरबाट प्रभावित वृद्धवृद्धा तथा टुहुरा बालबालिकालाई राहत स्वरुप कम्बल वितरण गरेकोे छ । नेपालगन्ज–५ गणेशपुरस्थित दारुल उल्लुम गुल्सने मदिनामा रहेका ४३ जना टुहुरा बालबालिकालाई प्रति ब्यक्ति एउटा कम्बल वितरण गरिएको हो ।

रेडक्रस परिसरमा शनिबार कम्बल वितरण गरिदै ।
रेडक्रस परिसरमा शनिबार कम्बल वितरण गरिदै ।

यस्तै नेपालगन्जस्थित भेरी वृद्धा आश्रममा बस्ने बृद्धबृद्धालाई ३ वटा कम्बल वितरण गरियो । यस्तै विपन्न बर्गलाई वितरणका लागि १४ वटा उपशाखालाई १० वटाका दरले कम्बल पठाइएको रेडक्रसले जनाएको छ । उपमहानगरपालिकाका ६ जना विपन्न ब्यक्तिलाई कार्यालय परिसरमै प्रतिब्यक्ति एउटा कम्बल वितरण गरिएको छ । यसैबीच रेडक्रम बाँके परिसरभित्र २० जना अट्ने दुई वटा अस्थायी आश्रयस्थल समेत निर्माण गरिएको रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धनसिंह सम्झनाले बताए ।

बढ्दै गरेको चिसोबाट जोगाउनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णय अनुसार रेडक्रसले आफ्नो कार्यालय हाताभित्र निर्माण गरेको शीतलहर अस्थायी आश्रय स्थलमा आएका गरिब असहायलाई कम्बल वितरण गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवीप्रकोप उद्धार समितिका फोकल पर्सन जगत बस्नेत, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मा, बाँके शाखाका सभापति सम्झना, मन्त्री अजिज अहमद सिद्धिकी लगायतले संयुक्त रुपमा कम्बल वितरण गरेका थिए ।

Womui
Womui