‘संविधान संशोधनपछि तीन निर्वाचनः प्रधानमन्त्री

40

काठमाडौं, मंसिर २५-
संविधान संशोधन नै संविधान कार्यान्वयनको कार्य भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । अन्तराष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भका राष्ट्रिय मानव अधिकार आयोगले शनिबार पुल्चोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मानवअधिकारको सुनिश्चितता गर्न संविधान संशोधनले सहयोग पुग्ने बताए । मानव अधिकार राज्यले दिने र जनताले लिने विषय नभएको चर्चा गर्दै मानव अधिकारलाई तजविज र चाहनामा निर्दे्शित बनाउन नहुने उनले बताए ।

Prachanda

‘संविधानलाई सबैको अपनत्व भएको र सर्वस्वीकार्य बनाउन नै सरकारले संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको हो, यो नै संविधान कार्यान्वयनको यथार्थता र वस्तुगत आवश्यकता पनि हो,’ उनले भने ‘संविधान कार्यान्वयनले नै मानवअधिकार बलियो बन्दै जानेछ, यसका लागि सरकारले ध्यान दिएको छ, सीमित व्यक्तिले राज्यको दोहन गर्ने प्रवृत्ति अन्त्य नभएसम्म सीमान्तकृत समुदायको मानवअधिकार संरक्षण हुन सक्दैन ।’

Womui
Womui