सुटिङ र ब्याडमिन्टन खेल सम्पन्न

74

नेपालगन्ज, मंसिर २५-
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा सञ्चालित क्षेत्रीय छनोट खेल अन्तर्गत सुटिङ र ब्याडमिन्टनमा बाँकेले वर्चश्व जमाएको छ । शनिबारको फाइनल खेलमा सुटिङ एयर पेस्टोलमा पुरुषतर्फ २६८ अंक सहित बाँकेका बदरुद्दिन अन्सारी प्रथम, बाँकेकै असद खाँ २६२ अंक सहित दोस्रो र बाँके कै मोहम्मद नुर अहमद अन्सारी २५८ अंक सहित तृतिय भएका छन् ।

sutting-photo

यस्तै महिला सुटिङतर्फ बाँकेकी कृष्ण थापा १६९ अंक सहित प्रथम, माधवी श्रेष्ठ १६६ अंक सहित द्वितिय र १६२ अंक सहित बाँकेकै जोया अन्सारी तृतिय भएकी छन् । यसैगरी एयर राइफल पुरुषतर्फ दाङका पवन घिमिरे २७८ अंक सहित प्रथम, दाङकै अर्नभ घिमिरे २७२ अंक सहित दोस्रो र बाँकेका सन्जोग कृष्ण श्रेष्ठ २६४ अंक सहित तेस्रो भएका छन् । महिला एयर राइफलतर्फ दाङकी रुसी सोमै १८६ अंक सहित प्रथम, बाँकेकी शान्ति विष्ट १८० अंक सहित द्वितिय र कालिकोटकी सीता सिंह १७९ अंक सहित तृतिय भएको आयोजक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

यस्तै व्याडमिन्टनको फाइनल खेलमा बाँकेका बढी खेलाडी छनोटमा परेका छन् । व्याडमिन्टनको पुरुषतर्फ बाँकेका ईरफान अन्सारी, रिहाज अन्सारी, विलाल वारिस, सरोज अन्सारी र शिव थापा र सुर्खेतका महेशविक्रम ंिसह छनोट भए, भने महिलातर्फ बाँकेकै सम्झना न्यौपाने, तिला न्यौपाने, समिक्षा न्यौपाने र कामना ओली छनोट भए । प्रतियोगिता अन्तर्गत एथलेटिक्स र महिला भलिबलका खेल शनिबारबाट शुरु भएको आयोजकको भनाई छ ।

Womui
Womui