‘संशोधन विधेयक राष्ट्रघाती : ज्ञवाली

125

धरान, मंसिर २५-
सरकारले संविधान संशोधन विधेयक दर्ता गराएर राजनीतिक दलहरुबीच तिक्तता बढाएको र समाजलाई पनि ध्रुवीकरण गराएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।

pradeep-gyawali

पार्टी चार महिना अभियानअन्र्तगत शनिबार धरानमा कार्यकर्ता प्रशिक्षणमा आएका नेता ज्ञवालीले पत्रकारसँग अन्तक्रिया गर्दै सरकारको संशोधन विधेयकले पहाड र तराईको बेग्लै राष्ट्रियता भन्ने मधेस केन्द्रित दलहरुको राष्ट्रघाती सोचलाई स्थापित गराउने षड्यन्त्र भएको पनि ठोकुवा गरे ।

विधेयक दर्ता भएपछि संविधान कार्यान्वयन र मुलुकलाई नै संकटमा पारेको भन्दै उनले सरकारले विधेयक फिर्ता गरेर वार्ता र सहमतिबाटै निकास निकाल्न पनि आग्रह गरे । ‘संविधान संशोधन विधेयक दर्ता भएपछि दलहरुबीच दूरी बढेको छ, यसले असझसदारी र तिक्तता ल्याएको छ । त्यतिमात्र होइन प्रदेश नम्बर ५ र ७ मा आन्दोलन, प्रर्दशन जारी छ ।

Womui
Womui