तिवारीले १८ दिन पछि अनशन तोडे

67

राजविराज, मंसिर २५-
अस्पताल सुधारको मागसहित १८ दिनदेखि आमरण अनशनमा बसेका नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले शनिवार आनशन तोडेका छन् । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आनशनरत तिवारीका मागहरु जायज भएको भन्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रतिवद्धता व्यक्त गरेपछि तिवारीले अनशन तोडेका हुन् ।

ansan-todiyo1

अस्पतालसँगै रहेको पोषण पुर्नस्थापना गृहमा उपचार गराइरहेकी बालिका निलमकुमारी महतोबाट जुस पिएर तिवारीले १८ दिन लामो अनशनको अन्त्य गरेका हुन् । स्वास्थ्य मन्त्री थापाको उपस्थितीमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्रा्ष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेल र अनशनकारी तिवारीका तर्फबाट रहेका पाँच सदस्यीय वार्ता टोलीबीच ४ बुँदे सहमति भएपछि आनशन तोडिएको हो ।

Womui
Womui