मानव अधिकारप्रति सरोकारवाला प्रतिवद्ध

45

नेपालगन्ज, मंसिर २५-
मानव अधिकारको सम्मान र संरक्षणका लागि सरोकारवाला प्रतिवद्ध भएका छन् । उनीहरुले मानव अधिकार रक्षकको सुरक्षा र मानव अधिकारको सम्मान गर्ने बताए । मानव अधिकार रक्षक दिवस तथा ६८ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जले गरेको कार्यक्रममा बोल्ने बक्ताले मानवअधिकार रक्षकले आफ्नो अधिकारको उपभोग गर्दा कर्तव्यको पालना गरेमा र सरोकारवालाले कानुनको उच्च सम्मान तथा पालना गरेमा मात्र मानव अधिकारको सम्मान हुने ठोकुवा गरे ।

कार्यक्रममा उपस्थित जिल्लाका विभिन्न सरोकारवाला ।
कार्यक्रममा उपस्थित जिल्लाका विभिन्न सरोकारवाला ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले मानव अधिकार अवस्थाबारे अवधारणा प्रस्तुत गरेका थिए । उनले समग्रमा मानव अधिकार अवस्था सन्तोषजनक नभएको बताउँदै आयोगले अनुसन्धान गरी नेपाल सरकारलाई गरेका सिफारिस समेत कार्यान्वयन नहुदाँ दण्डहीनताको संस्कृती कायम रहेको औल्याए । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले सरकारी निकायले चोथौं पञ्चवर्षीय मानवअधिकार राष्ट्रिय कार्ययोजना अनुसार कार्यसम्पादन गर्दै मानवअधिकार मैत्री सेवा प्रवाहका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । बस्नेतले घर–घरबाट मानव अधिकारको सम्मान गर्ने वातावरण बनाइनुपर्ने बताए ।

उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधीवक्ता हरिलाल जोशीले सम्मान संरक्षण सम्वद्र्धन र सम्वोधन भएमा मानव अधिकारको पालना हुने बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकप्रसाद राईले नेपाल प्रहरी मानव अधिकार रक्षाका लागि सदैब क्रियाशील रहेको र प्रहरी निकायबाट मानव अधिकार तथा मानव अधिकार रक्षकको लागि उच्च सम्मानका साथ काम प्रतिवद्ध रहेको दाबी गरे । कांग्रेस बाँकेका सभापति किरण कोइरालाले सबैले मानव अधिकारको उपभोग गर्ने वातावरण निर्माणका लागि सरोकारवाला निकायले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताईन् । एमालेका उपाध्यक्ष निरक गुरुङले मानवअधिकार प्रति राजनीतिक दलको प्रतिवद्धता कार्यान्वयन भए÷नभएको सम्वन्धमा खवरदारी गर्नुपर्ने धारणा राखे ।

उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद, जनस्वास्थ्य कार्यालयका खेमबहादुर खड्का, जिविस बाँकेका भरतकुमार मल्ल , क्षेत्रीय निर्वाचन कार्यालयका काशिलाल अधिकारी, इन्सेकका संयोजक भोला महल, द्वन्द्व पीडित समाजकी चन्द्रकला उप्रेती, एड्भोकेसी फोरमका बसन्त गौतम, फियान नेपालका क्षेत्रीय संयोजक सुरेशकुमार गौतम, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत टंक खनाल लगायतले बोलेका थिए ।

Womui
Womui