क्षेत्रीय छनोट प्रतियोगिता : क्रिकेटमा बाँके प्रथम

52

नेपालगन्ज, मंसिर २३-
सातौं राष्ट्रिय खेलकुद अन्र्तगत क्षेत्रीय छनोट प्रतियोगितामा बिहीबार पनि विभिन्न खेल सम्पन्न भएका छन् । नेपालगन्जमा बिहीबार सम्पन्न क्रिकेट खेलमा बाँके प्रथम भयो । बाँकेले सुर्खेतलाई १ सय ११ रनको ठुलो अन्तर पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको बाँकेले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर २ सय ४१ रन जोडेको छ । बाँकेका प्रनित थापाले ७२ र अनुपम सिंहले ४७ रन बनाएका थिए । एक सय ४२ रनको लक्ष्य लिएर मैदान उत्रिएको सुर्खेत १६.३ ओभरमा सबै बिकेट गुमाएर १ सय ३० रनमा सिमित भयो ।

सुर्खेतका तर्फबाट टेकबहादुर सलामीले ३५ रन बनाएका थिए । खेलमा प्रनित थापा म्यान अफ दि म्याच घोषित भएका छन् । यस्तै बिहीबार नै तेक्वान्दो खेल पनि सम्पन्न भएको छ । महिलातर्फ ४६ केजी मुनी सुर्खेतकी प्रतिक्षा थापा प्रथम, बाँकेकी निलिमा थापा द्धितिय, रोल्पाकी जलजला पुन र स्मीता बुढा तृर्तिय भए । ४९ केजी तौलमा सर्खेतकी सिता दर्लामी प्रथम, दाङकी एंजिला कुँवर द्धितिय, कालिकोटकी सितला खत्री र डोल्पाकी सुस्मिता बिक तृतिय भईन् ।

kriket-pic

यस्तै ५३ केजीमा बर्दियाकी अनु थारु प्रथम, दाङकी सुस्मा पन्थी द्धितिय, जुम्लाकी कमला कठायत र दैलेखकी लक्ष्मी सिंजाली तृतिय भए । ५७ केजीमा दाङकी अमृता बिक प्रथम, सुर्खेतकी कविता हमाल द्धितिय, बाँकेकी बिन्दु परियार र दैलेखकी लक्ष्मी थापा तृतिय भएका छन् । ६२ केजीमा दैलेखकी प्रतिमा चन्द प्रथम, डोल्पाकी कमला नेपाली द्धितिय, सुर्खेतकी सोनु श्रेष्ठ र दाङकी विनिता नेपाली तृतिय भएका छन् । ६७ केजीमा दैलेखकी मिना पुनमगर प्रथम र बाँकेकी सिम्रन रानामगर द्धितिय भए । ७३ केजीमा बाँकेकी रचना श्रेष्ठ प्रथम भएकी छन भने ७३ केजी माथी तौलमा बाँकेकी संगिता थारु प्रथम भएकी छन ।

पुरुषतर्फ ५४ केजी मुनिको तौलमा दाङका कमल विक प्रथम, बाँकेका खड्ग रोकाय द्वितिय, रोल्पाका दिलिप परियार र सुर्खेतका लक्ष्मण गुरुङ तृतिय भएका छन् । ५४ केजीमा सुर्खेतका मनमोहन भट्टराई प्रथम, दाङका सुमन चौधरी द्धितिय र डोल्पाका विमल रोकाय र नरेन्द्र बुढा तृतिय भएका छन् । ६३ केजीमा बाँकेका प्रताप शाही प्रथम, सुर्खेतका दिपक शाही द्धितिय ,रोल्पाका विवेक विष्ट र रुक्मका झविन्द्र रेगामी मगर तृतिय भएका छन् । ६८ केजीमा सुर्खेतका रेशम पुन प्रथम, रोल्पाका सुजन रोक्का मगर द्धितिय, बाँकेका ढकेन्द्र थापा र ऋषिराज चौधरी तृतिय भए । ७४ केजीमा सुर्खेतका विकास कार्की, बर्दियाका नरप्रसाद चौधरी द्धितिय, रोल्पाका हेमराज सुनार तृतिय भएका छन् । ८० केजी तौलमा बर्दियाका जयप्रकाश खङख्त्वे प्रथम, बाँकेका सुनिल गुप्ता द्धितिय, दाङका झलकसिंह रसाईली र रोल्पाका हेमन्त खत्री तृतिय भए । ८७ केजी तौलमा दाङका पारस विक्रम शाह प्रथम, बर्दियाका अमृत चौधरी द्धितिय र प्युठानका प्रताप बुढा तृतिय भए । ८७ केजी माथीको तौलमा दाङका राम बहादुर घर्ती प्रथम र सल्यानका सुदन केसी द्धितिय भएका छन् । यसैबीच प्रतियोगिता अन्तर्गतको फुटबलमा बाँके र बर्दिया फाईनलमा पुगेका छन् ।

नेपालगन्ज रंगशालामा बिहीबार सम्पन्न खेलमा बर्दियाले सुर्खेतलाई ४ शुन्य गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । बाँकेले हुम्लालाई ५ शुन्यले पराजित गरेको छ । बिहीबारबाट सुटिङका खेल पनि सञ्चालनमा आएको आयोजक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी दिए । सुटिङको पुरुष राइफलतर्फ २७२ अंक ल्याएर दाङका अर्नभ घिमिरे अग्रस्थानमा छन, भने २४६ अंक ल्याएर दाङकै युवराज शाह दोस्रो स्थानमा छन् । बाँकेका रोविन थापा २४६ अंक ल्याएर तेस्रो स्थानमा र कालिकोटका जीवन बोहरा २२७ अंक सहित चौथो स्थानमा रहेको बताइएको छ । महिलातर्फ दाङकै बसन्ती थापा १७० अंक सहित अग्रस्थानमा छिन् । दाङकी उषा ओली १७० अंक सहित दोस्रो स्थानमा रहेकी छिन् ।

Womui
Womui