ट्रकले ठक्कर दिदाँ एकको मृत्यु

26

कोहलपुर, मंसिर २३-
नेपालगन्ज–कोहलपुर सडक अन्तर्गत गनापुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन् । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ४ ख २४६८ नम्वरको ट्रकले बुधबार राती भे १ प २४६१ नम्बरको मोटरसाईकललाई गनापुुर–२ कोठापुरमा ठक्कर दिएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका वडा नम्वर ९ का ३० वर्षिय मुबारक शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका मोटरसाइकलमै सवार नेपालगन्जका ३३ बर्षीय रहिस रजा खानलाई नेपालगन्जमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लखनऊ लगिएको छ ।

Womui
Womui