‘राष्ट्रिय गौरवको आयोजना फरक हुनुपर्छ’ : सिचाईमन्त्री

133

नेपालगन्ज, मंसिर २३-
सिचाई मन्त्री दीपक गिरीले राष्ट्रिय गौरवको आयोजनाको काममा देखिएको सुस्ततालाई अन्त्य गर्न सरकारले नीतिगत रुपमा सुधार गरिरहेको बताएका छन् । मुलुकमा सञ्चालनमा आइरहेका राष्ट्रिय गौरवका आयोजनाले नाम अनुसारको काम गर्न नसकेको भन्दै असन्तुष्टी जनाए । नेपाल प्रेस युनियन बाँकेले बिहीबार गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले भने, ‘राष्ट्रिय गौरवको आयोजनालाई कुनैपनि चिजमा बाधा आउन दिनु हुदैन, राष्ट्रिय गौरवको आयोजना त फरक हुनुपर्छ ।’

पत्रकार भेटघाटमा बोल्दै सिचाई मन्त्री दीपक गिरी ।
पत्रकार भेटघाटमा बोल्दै सिचाई मन्त्री दीपक गिरी ।

सरकारले यसको लागी चाडैं सिचाई ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए । ‘राष्ट्रिय गौरवको आयोजनालाई फरक बनाउनुपर्ने विषयमा मैले क्याबिनेटमा पनि कुरा उठाए, सिचाई ऐन तुरुन्त आउँदैछ,’ उनले थपे ‘आगामी पुस १५ वा २० गते भित्र ऐन पास हुन्छ ।’ राष्ट्रिय गौरवको सिक्टा आयोजनाको काम प्रति असन्तुष्टी जनाउँदै उनले माटोको अवस्था अनुसार डिजाईनमा केही त्रुटी भएको आशंका गरे । ‘म कुनै विज्ञ त होईन, तरपनि स्लोपको ४ ईन्च मोटाई कम हो ।’ आयोजनाको लागी सरकारले बजेटमा कत्तिपनि कमी हुन नदिएको उनले प्रष्ट्याए ।

Womui
Womui