बासमतीलाई ‘स्वर्णिम प्रतिभा पुरस्कार’ हस्तान्तरण

38

नेपालगन्ज, मंसिर २३-
फत्तेपुर-८ महेमानपुर बाँके निवासी बासमती बुढालाई बिहीबार एक समारोहका बीच स्वर्णिम प्रतिभा पुरस्कार हस्तान्तरण गरिएको छ । फत्तेपुरमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी हरि प्याकुरेल लगायत अतिथीले बासमतीको दम्पतीलाई नगद ७० हजारको चेक र प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बासमतीले गरेको मेहनत र संघर्षको सफलतालाई कदर गरेर हेफर इन्टरनेशनल नेपालले उक्त पुरस्कार प्रदान गरेको हो । बासमती फत्तेपुरस्थित प्रगती स्वाभलम्वी महिला समुहमा आवद्ध छिन् ।

पुरस्कार प्राप्त गरेपछि बासमती बुढाका दम्पती ।
पुरस्कार प्राप्त गरेपछि बासमती बुढाका दम्पती ।

चारवर्ष अघि सम्म बासमतीको आर्थिक अवस्था निकै दयनीय थियो । छोराछोरीलाई पढाउन र परिवारको खर्च धान्न मुस्किल परेपछि उनका पति मदन बुढा त्यो बेला डेढ लाख रुपैयाँ ऋण, सापटी गरेर वैदेशिक रोजगारीका लागी कतार पुगे । बासमतीले भने गाउँको समुहमा बसेर धेरै कुरा सिक्ने मौका पाईन् ।

व्यवसायिक रुपले बाख्रा पालन गर्ने उनको योजना बन्यो । त्यसका लागी उनले पहिले आफ्नै जग्गामा उन्नत जातको डाले घास रोपिन् र दुई वटा बाख्रा किनेर व्यवसायिक रुपले बाख्रा पालनमा लागिन् । करिव ४ वर्षको अवधीमा थुप्रै खसी, बाख्रा हुर्के । आवश्यकता अनुसार विक्री पनि गरिन् । आधुनिक खोर तयार गरेकी उनीसँग अहिले १७ वटा बाख्रा छन् । परिवारको आर्थिक अवस्था पुरै फेरिएको छ । पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताले परिश्रम गरे कृषि पेशाबाट पनि ठुलो लाभ लिन सकिने बताए ।

Womui
Womui