प्रहरीलाई झुक्याएर प्रधानमन्त्रीलाई कालो झण्डा

138

धनगढी, मंसिर २३-
प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार कैलालीको धनगढीमा एमाले कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कैलाली भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको विरोधमा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले दुई दिनदेखि धनगढी बन्द गरेका छन् । भारतको इशारामा राष्ट्रहित विपरित संविधान संसोधनको प्रस्ताव ल्याएको भन्दै उनीहरुले प्रधानमन्त्रीको विरोध गरेका हुन् ।

PM Prachanda

बन्द गराएका एमाले काकार्यकर्ताले बिहीबार विहान सुरक्षाकर्मीलाई छक्याउदै प्रधानमन्त्रीलाई नजिकैबाट कालो झण्डा देखाएका थिए । प्रधानमन्त्री दाहाल साथी होटलबाट पार्टी कार्यकर्ता प्रशिक्षणका लागि कैलालीको गेटा जाने क्रममा एलएन चोकमा रहेका कार्यकर्ताले गाडी नजिकै अगाडीबाट कालो झण्डा देखाए । युवासंघ नेपालका केन्द्रीय सदस्य मदन रेग्मी र अनेरास्ववियु कैलालीका अध्यक्ष चुडामणि भट्राईको नेतृत्वमा कालो झण्डा देखाएको एमालेले जनाएको छ । सडक छेउमा बाक्ला सुरक्षाकर्मीले घेरा हालेको भएपनि लुकाएर राखेको कालो झण्डा खल्तीबाट निकालेर प्रधानमन्त्रीको गाडी नजिकै देखाएका थिए ।

प्रधानमन्त्रीको गाडी नजिकै कालो झण्डा देखाएपछि गाडीमा रहेका प्रधानमन्त्रीका सुरक्षा गार्डले झ्यालबाट टाउको बाहिर निकालेर छेक्न खोजेका थिए । प्रधानमन्त्री दाहाल कैलालीमा रहेकाले उनको विरोध तथा प्रहरी दमनको विरोधमा बिहीबार पनि शिक्षा र स्वास्थ्य बाहेक धनगढी बन्द गरिएको एमाले कैलालीका सचिव रणबहादुर चन्दले बताए । बुधबार पनि उनीहरुले बन्द गरेका थिए । बन्दले धनगढीको जनजिवन प्रभावित भएको छ ।

Womui
Womui