बिद्यालयलाई शान्ति क्षेत्र घोषणा

83

नेपालगन्ज, मंसिर २३-
नेपालगन्ज उपमहानगरपालिकाको रानी तलाउस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा शिक्षा संवाद गरिएको छ । यसका साथै उक्त बिद्यालयलाई शान्ति क्षेत्र घोषणा पनि गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लवद्धारा उपमहानगरपालिकामा सञ्चालन गरिएको सहयात्रा परियोजना अन्तर्गत बिद्यालयमा शिक्षा संवाद गरी बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको हो । बिद्यालयमा बिद्यार्थी भर्ना दर कम भएको तथा भर्ना भएका बिद्यार्थी पनि नियमित नआउने गरेकोले बिद्यार्थीको उपस्थिती बढाउन शिक्षा संवादको आयोजना गरिएको बताइएको छ । सो अवसरमा अवसरमा १३ बुंदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको थियो । कार्यक्रमका सहभागी सबैले बिद्यालयलाई शान्ति क्षेत्र बनाउन प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

sikcha

सो अवसरमा बिद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष फरिदुल हक, पूर्वअध्यक्ष श्याम भट्ट, प्रधानाध्यापक सकिल अहमद अन्सारी, पूर्वप्रअ रुक्मणी गुप्ता, महेन्द्र उच्च माध्यामिक बिद्यालयका प्रअ कृष्णा पाठक, बिद्यालय निरिक्षक उद्धव श्रेष्ठ, एमालेका नसीम हल्वाई, नेपाली कांग्रेसका सुरेश श्रेष्ठ र महबुब अन्सारी र पत्रकार निरज गौतम लगायतले बिद्यालय भर्ना भएका सबै बिद्यार्थीलाई नियमित बिद्यालय पठाउन आग्रह गरेका थिए ।

कार्यक्रममा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यक्रम संयोजक आशिष बर्मा, कार्यक्रम अधिकृत राम श्रेष्ठ, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक आत्मराम भट्टराई र कार्यक्रम अधिकृत बीरेन्द्र थापा, फुलकुमारी चौधरीको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण पत्रकार तुला अधिकारीले गरेका थिए ।

Womui
Womui