रुपन्देही बन्द फिर्ता, अवस्था सामान्य बन्दै

49

रुपन्देही, मंसिर २१-
जिल्ला टुक्र्याउने गर्ने खालको संविधान संशोधन प्रस्तावको विरोध स्वरुप गरिएको रुपन्देही बन्द फिर्ता लिइएको छ । प्रदेश नम्बर पाँच टुक्र्याउने गरी सरकारले संसदमा प्रस्ताव दर्ता भएपछि लगातार एक हप्तादेखि रुपन्देही जिल्ला बन्द हुँदै थियो । उक्त जिल्ला मंगलबार बेलुकीदेखि खुलेको छ ।

rupandehi

रुपन्देहीमा संशोधन प्रस्तावको विरोध आन्दोलन चलाउँदै आएको संघर्ष समितिले बन्दको कार्यक्रम फिर्ता लिएपछि अवस्था सामान्य बनेको हो । आगामी २६ गतेसम्मका लागि बन्दको कार्यक्रम फिर्ता लिइएको संघर्ष समितिले जनाएको छ । यसैगरी कपिलबस्तु र अर्घाखाँची बन्द पनि फिर्ता भएको छ । जिल्लामा आन्दोलनका कार्यक्रम गर्दै आएका संघर्ष समितिले बन्दको कार्यक्रम फिर्ता लिएको बताइएको छ ।

Womui
Womui