‘संशोधन प्रस्ताव पास हुदैन : खुमबहादुर

46

नेपालगन्ज, मंसिर २१-
नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले संविधान संशोधन प्रस्ताव पास हुन नसक्ने ठोकुवा गरेका छन् । संशोधन प्रस्ताव फिर्ता नलिदाँ सम्म मुलुकमा उत्पन्न समस्या समाधान नहुने पुर्वमन्त्री खड्काले बताए । नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले वर्तमान परिस्थिती हेर्दा दुई तिहाई पुग्ने सम्भावना नरहेको भन्दै दुई तिहाई नपुगे संविधान संशोधन हुन नसक्ने जिकिर गरे । ‘बरु प्रस्ताव फिर्ता गरी परिमार्जित गरेर लैजानुप¥यो, होईन भने मुठभेटको स्थितीमा मुलुक जाने मैले देखेको छु,’ उनले भने ।

खुमबहादुर खड्का ।
खुमबहादुर खड्का ।

पाँच नम्वर प्रदेशका पहाडी जिल्लालाई अलग बनाउने प्रस्तावको विरोधमा सबै पार्टीमा आवद्ध कार्यकर्ताले सहानुभुती स्वरुप सहभागिता जनाएको दाबी गर्दै खड्काले यसको राजनीतिक रुपले फाईदा एमालेले लिन खोजिरहेकोे बताए । ‘चुनावको दृष्टिले पार्टी लस हुन्छ, त्यति हुदा हुदैपनि हामीले देशले निकास पाओस् भनेर सिमांकनको विषयमा प्रदेश नम्वर पाँचका केही जिल्लालाई ४ र ६ नम्वरमा गाम्भेमा सहमती जनाएका हौं,’ उनले थपे ‘किनकी कांग्रेस देशलाई निकास दिनुपर्छ, राजनीतिक स्थायित्व हुनुपर्छ भन्ने विचार राख्ने पार्टी हो ।’

Womui
Womui