घुसखोरी कर्मचारी नगरपालिकामा हाजिर

47

कोहलपुर, मंसिर २०-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेका कर्मचारीलाई कोहलपुर नगरपालिकाले हाजिर गराएको तथ्य बाहिर आएको छ । घुस लिदा लिदै प्रक्राउ परेका कोहलपुर नगरपालिकाका कर्मचारीद्धय दुर्गालाल बिक र ढालबहादुर डाँगी मध्ये डाँगीलाई फेरी कार्यालयमा हाजिर गराएको हो । उक्त कार्यको विरोधमा एमाले बाहेकका दलले नगरपालिकाको मुल ढोकामा ताला समेत लगाएका थिए । कोहलपुरमा क्रियाशिल एमाले बाहेकका राजनीतिक दलहरुले सोमबार कोहलपुर नगरपालिकामा गरेको तालाबन्दी प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।

बिक र डाँगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोहलपुर चप्परगौडीको एक नास्ता पसलबाट घुस लिदै गरेको अवस्थामा केहीदिन अघि पक्राउ गरेको थियो । बिकलाई जागिरबाट निकालिए पनि डाँगीलाई राजनीतिक दवावमा कार्यकारी अधिकृत माधवप्रसाद शर्माले शुक्रबारदेखि कार्यालयमा हाजिर गराएको असन्तुष्ट दलको आरोप छ । नेपाली कांग्रेसका नगर सचिव भुम भण्डारीले रंगेहात पक्रउ परेका कर्मचारीलाई पुनः बहाली गर्नुले घुस प्रकरणमा नगरपालिकाका कार्यकारी अधिकृतको समेत संलग्नताको आशंका रहेको बताए ।

Womui
Womui