हवाई भाडा घट्यो, यात्रुलाई राहत

131

काठमाडौं, मंसिर २१-
हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा दर पनि घटेको छ । नीजि विमान सञ्चालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले हवाई भाडा नयाँ मूल्य अनुसार समायोजन गरेको जनाएको हो । नयाँ भाडा दर अनुसार न्यूनतम ९० देखि अधिकतम ३ सय १० सम्म घटेको छ । काठमाडौं सिमराको उडानमा ९० रुपैयाँ घटेको छ ।

Buddha Air

काठमाडौं सिमराको उडानमा यात्रुले अब २ हजार पाँच तिर्नु पर्ने छ । यस्तै धनगढी जान नयाँ भाडा दर अनुसार १० हजार १ सय लाग्ने छ । नेपाल आयल निगमले सोमबार मध्यरातबाट लागु हुने गरी हवाई इन्धनको भाउमा प्रति लिटर ८ रुपैंया घटाएको थियो । हवाई इन्धनमा प्रति लिटर ४ रुपैयाँ घटवड भएपछि मुल्य समायोजन गर्नुपर्ने हुन्छ ।

Womui
Womui