नेपालगन्जमा क्षेत्रीय छनोट प्रतियोगिता

39

नेपालगन्ज, मंसिर २०-
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७३ अन्र्तगत सोमबारबाट नेपालगन्जमा क्षेत्रीय छनोट प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले एक कार्यक्रमका बीच प्रतियोगिता उद्घाटन गरे । मन्त्री श्रीपालीले भौतिक पुर्वाधारको अभाव र खेलाडी प्रशिक्षणको उचित व्यवस्थापन हुन नसक्दा खेलकुद क्षेत्रको सम्भावना चुकेको बताए । उनले खेलकुदको विकासका लागि सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।

sports-photo

सोमबारबाट सुरु भएको प्रतियोगितामा खेलाडीको तर्फबाट सुटिङ खेलकी अन्तराष्ट्रिय खेलाडी कृष्णा थापा तथा निर्णायकको तर्फबाट एथलेटिक्सका वरीष्ठ प्रशिक्षक विक्रमजंग थापाले सपथ लिएका थिए । मध्यपश्चिमको रुकुम, प्युठान, दाङ, बर्दिया, सुर्खेत र बाँकेमा गरि २४ वटा खेलहरु हुने आयोजकले जनाएको छ । जसअन्तर्गत बाँकेमा सुटिङ, क्रिकेट, फुटबल, एथ्लेटिक्स, तेक्वान्दो, भारोत्तोलन, ब्याडमिन्टन लगायतका १० खेलमा प्रतिष्पर्धा हुनेछ । प्रतिस्पर्धाका लागि करिव ८ सय खेलाडी नेपालगन्ज आइपुगेको आयोजक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

आगामी पुस ८ गतेदेखि १५ गतेसम्म बिराटनगरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिकाका अध्यक्ष भिम ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा खेलाडीद्वारा मार्चपास गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, केन्द्रिय सदस्य शान्ति सिंह, विनोद मैनाली, नेपालकी पहिलो महिला ओलम्पियन पार्वती थापा, नेपाली सेनाका सहायक रथी नवजीव शम्शेर जवरा, मध्यपश्चिम क्षेत्रका प्रहरी नायव महानिरिक्षक(डिआईजी) माधव नेपाल, वरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यात लगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui